१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा अबदेखि प्रत्येक शुक्रवार गहुँ भण्डारको स्थिति घोषणा गरिने

भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न निर्देशन दिएको छ। अधिकारीहरूका अनुसार गहुँको भण्डारण स्थिति साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ।

सरकारले मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रवार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो।

समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने उदेश्यका साथ सरकारले उक्त घोषणा गर्न आग्रह गरेको हो। भारत सरकारले चामलका लागि यसअघि नै आदेश जारी गरिसकेको छ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ। आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ।

सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ। रासस

प्रकाशित: १८ चैत्र २०८० ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App