२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाको गृहयुद्ध आठौं वर्षमा प्रवेश: अहिलेसम्म साढे ३ लाखको मृत्यु

सिरियाको कोवान शहरबाट विस्थापित भएपछि बच्चा लिएर अन्यत्र जाँदै एक महिला । तस्बिर साभार: टोरन्टो स्टार

सिरिया– सिरियामा जारी रहेको गृहयुद्ध आज आठौ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो । तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमा पछि गृहयुद्धमा परिणित सो युद्ध अझै जारी छ । 

आन्दोलनकारीहरुले सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच युद्ध जारी छ । यसका अतिरिक्त त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज समेत जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको छ ।

सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएका पछिल्ला प्रयास पनि सफल हुन सकेका छैनन । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले राजधानी दमास्कसको पूर्वी भू–भागमा पर्ने गुटामा व्यापक आक्रमण गरिरहेको छ ।

जारी सो द्वन्द्वमा परी अाठ वर्षे अवधिमा तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौ नागरिक घरबारबिहीन भएका छन् । लाखौंले शरणार्थी जीवन विताइरहेका छन् । 

 

प्रकाशित: १ चैत्र २०७४ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App