१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नभाल्नीको मृत्यु पश्चात शव अझै अज्ञात अवस्थामा, दोहोर्‍याएर पोस्टमार्टम गर्ने तयारी

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।

नभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नभाल्नीको शव हालसम्म पनि परिवारलाई जिम्मा लगाइएको छैन।

बीबीसीका अनुसार नभाल्नीकी आमा लुडमिलाले जेलका अधिकारीहरूले छोराको शव पोस्टमार्टम लगतै जिम्मा लगाउने भनेपछि हालसम्म जिम्मा नलगाइएको बताएकी छिन्।

नभाल्नीको टीमका अनुसार नभाल्नीको शव जेल परिसर नजिकैको सेलखार्द सहर पठाइएको छ। तर, त्यहाँ शव लिन जाँदा शवगृह बन्द थियो।

जेल अधिकारीहरूका अनुसार नभाल्नीको पहिलोपटक पोस्टमार्टम हुँदा कुनै नतिजा निस्कन सकेन। त्यसकारण अब दोहोर्‍याएर उनको पोस्टमार्टम गरिने तयारी भइरहेको छ।

नभाल्नीको टिमले शव दिनमा रूसी सेनाले जानाजानी ढिलाइ गरिरहेको आरोप लगाएको छ। नाभाल्नी टिमका अनुसार नभाल्नीको मृत्युको प्रमाण नष्ट पार्न रूसी सेनाले शव दिन आनाकानी गरिरहेका छन्। शुक्रवार नभाल्नी आर्कटिक सर्किलको एक जेलमा बिरामी भएको र केहीबेरमै उनको मृत्यु भएको थियो।

उनको मृत्युको कारणबारे हालसम्म कुनै जानकारी दिइएको छैन।

प्रकाशित: ६ फाल्गुन २०८० ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App