२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेजन जंगलमा खडेरी

यतिबेला संसारभर नै खडेरी परिरहेको छ। उदेक त, अमेजनको जंगलमा पनि यसपाला खडेरी परेको पाइएपछि वैज्ञानिकहरू चकित परेका छन्।

अमेजनको जंगलमा समेत के कारणले खडेरी पर्न थालेको हो भन्ने विषयमा संसारभरका वैज्ञानिकहरूको चासो बढेपछि प्रारम्भिक अध्ययनमा यसको मूल कारक जलवायु परिवर्तन नै रहेको वैज्ञानिकहरूको मतैक्य रहेको छ।

१८ वैज्ञानिकको समूह वल्र्ड वेदर एट्रिब्युसनले प्रशान्त महासागरमा अल निनो चक्रका कारण खडेरी परेको बताएका छन्। तर यो चक्रका कारण पर्ने खडेरीको प्रभाव भने निकै न्यून हुनेसमेत वैज्ञानिकहरूको मत छ।

‘सन् २०२३ मा अमेजनको जंगलमा देखिएको खडेरीमा थोरबहुत अल निनो चक्रले भूमिका खेल्यो भनेर धेरैले भने,’ इम्पेरियल कलेज लण्डनका जलवायु वैज्ञानिक बेन क्लार्कले भने, ‘तर अल निनोले जति पानी पर्थ्याे, त्यसलाई अझ कम गराएको देखियो। तर समग्रमा जलवायु परिवर्तनले खडेरीमा मुख्य भूमिका खेलेको देखियो।’

अध्ययनले जलवायु परिवर्तनले साँच्चिकै पारेको खतरा देखाएको छ। सन् २०२१ मा संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जारी गरेको रिपोर्टमा पूर्वऔद्योगिक क्रान्तिभन्दा त्यसपछि पृथ्वीको तापक्रम १.१ सेल्सियस बढेको छ। पछिल्लो समय त झनै खतरनाक अवस्थामा पुगेको छ।

अमेजन जंगललाई संसारको कार्बन सोस्ने र जलवायु सन्तुलन राख्ने एउटा महत्वपूर्ण पाटोका रूपमा हेरिदै आएको थियो तर पछिल्लो खडेरीले संसारकै वातावरणीय अखण्डतामा खतरा उत्पन्न गराएको छ।

ब्राजिलको फेडरल युनिभर्सिटी अफ सान्ता क्याटरिनाकी जलवायु वैज्ञानिक तथा अध्ययन समूहकी लेखिका रेजिना रोड्रिगज भन्छिन्, ‘अमेजनको स्वास्थ्य जोगाउन, पेट्रोलियम प्रयोगबाट चाँडोभन्दा चाँडो निस्कनु पर्ने देखिन्छ।’

अमेजनमा अचम्मैसँग कम पानी परेपछि गत वर्ष अमेजन वरिपरि रहेका ६० वटा नगरपालिकाले संकट घोषणा गरेका थिए।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १४ माघ २०८० ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App