२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

बीबीसीका अनुसार मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको ह्यूमन राइट्स वाचले वर्ल्ड रिपोर्ट २०२४ सार्वजनिक गर्दै मानवाधिकारको क्षेत्रमा भारतको नीति र व्यवहारलाई लिएर गम्भीर आरोप लगाएको हो।

सङ्गठनले बिहीवार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा मणिपुर राज्यमा भएको हिंसा, दिल्लीको जन्तरमन्तरमा महिला पहलमानको विरोध प्रदर्शन र जम्मू–कश्मीरको बारेमा उल्लेख गरेको छ। तर, भारतले वाचको उक्त रिपोर्टलाई खारेज गरेको छ।

सङ्गठनको रिपोर्ट अनुसार सन्. २०२३ मा भारतका विभिन्न क्षेत्रमा मानव अधिकार उल्लङ्घन र दमनको घटना भएको छ। जसमा वर्तमान सरकारले बिना कारण निर्दोष व्यक्तिलाई सजाय दिने काम गरेको छ भने दोषीलाई बढावा दिने काम गरेको छ।

हरियाणा राज्यमा साम्प्रदायिक हिंसा, २ सय जनाभन्दा बढीको ज्यान जानेगरी मणिपुर  हिंसा, महिला पहलमानमाथि यौन शोषणको घटना र प्रदर्शनमा सरकारको ज्यादती, विभिन्न सञ्चार माध्यममाथि कारबाही लगायतका घटनाले भारत मानवअधिकार उल्लङ्घनका घटनामा अग्रसर बन्दै गरेको रिपोर्टमा भनिएको छ।

प्रकाशित: २७ पुस २०८० ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App