१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसको दक्षिणी–पश्चिमी क्षेत्रमा युक्रेनको आक्रमण, २० को मृत्यु

युक्रेनले रूसको दक्षिणी–पश्चिमी क्षेत्रमा हवाई आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ। पछिल्लो समय युक्रेनमाथिको आक्रमण तिव्र बनाउन थालेको रूसमाथि युक्रेनले जवाफी आक्रमण गरेको बताइएको छ।

शनिवार युक्रेनले आफ्नो दक्षिणी–पश्चिमी क्षेत्रमा घातक हवाई आक्रमण गरेको रूसले आरोप लगाएको बीबीसीले जनाएको छ।

बेलगोरोडका गभर्नरका अनुसार मृत्यु हुनेमा ३ जना बालबालिका पनि रहेका छन्।

रूसले शुक्रवार आक्रमण गरेपछि त्यसको जवाफमा युक्रनेले पनि आक्रमण गरेको दावी गरिएको छ।

प्रकाशित: १५ पुस २०८० ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App