२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमाथि प्रतिबन्ध लगाउन प्यालेस्टाइनको माग

प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सतायेहले इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

बीबीसीका अनुसार कतारमा आइतवार भएको दोहा फोरमको क्रममा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मदल गाजामाथि आक्रमण गरिरहेका कारण इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरे।

गाजा संकटमाथि छलफल गर्दै उनले इजरायललाई अन्तराष्टिर्य मानवाधिकारको उल्लङ्घन जारी राख्न अनुमति नदिन पनि माग गरे।

उनले संयुक्त राष्ट्र सङ्घसँग अपील गर्दै ७५ वर्ष अघि सुरु भएको कब्जाको विषयलाई अन्त्य गर्नुपर्ने बताए।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग फोनमा कुराकानी गर्दै गाजाको विषयमा रूसको स्ट्यान्डलाई लिएर असन्तुष्टि जनाएका छन्।

प्रकाशित: २५ मंसिर २०८० ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App