२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा भोकमरी सुरु, प्रत्येक १० मध्ये ९ जना भोकै बस्न बाध्य

तस्बिर स्रोतः विश्व खाद्य कार्यक्रमका उपनिर्देशक स्काउको सामाजिक सञ्जालबाट।

संयुक्त राष्ट्र सङ्घले युद्धग्रस्त गाजामा भोकमरी सुरु भएको बताएको छ। विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउका अनुसार प्यालेस्टिनी क्षेत्रका १० मध्ये ९ जना व्यक्तिले खाद्यान्न उपभोग गर्न सकिरहेका छैनन्। उनले प्यालेस्टाइनका आधा जनसङ्ख्या भोकमरीको चपेटामा आइसकेको बताए।

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टाइनमा जति खाद्यान्नको आवश्यकता छ त्यसको केही प्रतिशत मात्रै गाजामा आउन सकेको छ।

उपनिर्देशक स्काउले गाजाको अवस्था निकै भयावह रहेकाले त्यहाँ सहयोग सामग्री पुर्याउन लगभग असम्भव रहेको भन्दै चिन्ता व्यक्त गरे।

यसैबीच, खान युनिसस्थित नासिर अस्पतालका चिकित्सकहरूले अस्पतालमा युद्धका मृतक र घाइतेको सङ्ख्या अत्यधिक बढेको हुँदा स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन्।  

प्रकाशित: २४ मंसिर २०८० ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App