५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध

संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ।

संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन प्राप्त भएको छ।  

बेलायतले भने उपस्थिति जनाएको छैन। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा ९९ लाई युद्ध विरामको लागि आह्वान गर्न सङ्गठनको सबैभन्दा शक्तिशाली निकायलाई आग्रह  गरेका थिए।

प्रस्तावको पाठमा हमास र इजरायलबीचको लडाई तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत इजरायली र प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न आह्वान गरिएको छ।

बैठकमा मानवीय सहायताको प्रभावकारी वितरणको अवस्था नदेखिएको बताए। गुटेर्रेसले गजामा खानाको अभाव भइरहेको चेतावनी दिए।

उनले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त हुँदै गएको बताउँदै यो समय उनीहरूका लागि सहयोग गर्ने समय भएको बताए।

प्रकाशित: २४ मंसिर २०८० ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App