५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा राष्ट्र सङ्घका महासचिवको चिन्ता

तस्बिर सौजन्यः संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। उनले प्यालेस्टाइनी क्षेत्र तीव्र गतिमा बच्चाहरूको शव दाह स्थलमा परिणत भइरहेकोमा दुः ख व्यक्त गर्दै गाजा क्षेत्रमा प्रत्येक दिन सैयौंको सङ्ख्यामा बच्चाहरू मरिरहेका छन् वा घाइते भइरहेको बताए।

उनले जारी सङ्घर्षले विश्वलाई नै गहिरो दुःख पुगेको र निर्दोष बालबालिको आफ्नो जीवन गुमाउनु परेको उल्लेख गरे।

बीबीसीका अनुसार ७ अक्टुबरका दिन इजरायलमाथि हमासको तर्फबाट गरिएको आक्रमणको निन्दा गर्दै उनले हमासका लडाकुहरूे सर्वसाधारण नागरिकलाई आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरेको बताए।

उनले भने, ‘सर्वसाधारणको हत्या गर्नु, प्रताडित गर्नु, अपहरण गर्नु कुनैपनि तरिकाले उचित होइन। सर्वसाधारण नागरिक र निर्दोषहरूको सुरक्षा सबैभन्दा पहिले र बढी आवश्यक हुनु पर्छ।’  

गुटेरेसले अंतर्राष्ट्रिय समुदायसँग अपील गर्दै भने, ‘यो सङ्घर्ष व्यापक रुपमा अन्य क्षेत्रमा पनि फैलिने खतरा रहेकाले यसलाई तत्काल रोक्नु आवश्यक छ।’

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्धका कारण ५ हजारभन्दा बढी बालबालिका मारिएका छन्।

प्रकाशित: २१ कार्तिक २०८० ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App