२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वायुसेना एकेडेमीको कार्यक्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

तस्बिर साभारः सीएनएनबाट

अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडोमा अमेरिकी वायुसेना एकेडेमीको स्नातक दीक्षान्त समारोहमा लडेका छन्।  

८० वर्षिय बाइडेन स्नातक क्याडेटहरूसँग हात मिलाएर फर्कदा अल्झेर लडेका हुन्।  स्टेजमा रहेका बालुवाको झोलामा उनी अल्झिन पुगेका थिए।  

लडेपछि वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी बल्ल-बल्ल उठे। उठेर उनले कालो ब्यागलाइ पटक-पटक देखाउँदै त्यसैले गर्दा लडेको संकेत गरेका थिए ।  

उनलाई चोटपटक नलागेको र शकुशल रहेको बीबीसीले जनाएको छ। स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै  भनेका छन्,  'उनी ठीक छन्। उहाँ हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो,'।

प्रकाशित: १९ जेष्ठ २०८० ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App