२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीले गर्दा विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन्।  

असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधीबाट प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य छन्। बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ।  

आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ। अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ। हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिदा विद्युत् आपूर्तिमा समस्या भएको छ।  

सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो। यद्यपि उनीहरूले थप सतकर्म रहन आग्रह गरेका थिए। नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेवित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्। रासस

प्रकाशित: २३ चैत्र २०७९ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App