२२ मंसिर २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

पूर्वमन्त्री पौडेलले स्वास्थ्यमन्त्री शर्मालाई बुझाए कार्यपुस्तिका

पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यमन्त्री सुधा शर्मालाई कार्यविवरण हस्तान्तरण गरेका छन्।  

बुधबार मन्त्री शर्माकै कार्यकक्षमा पौडेलले आफ्नो डेढ वर्षको कार्यकालमा स्वास्थ्य क्षेत्रमा भएका काम, नीतिगत सुधार र प्राथमिकताका कार्यक्रमबारे पुस्तिका बुझाएका हुन्।  

मन्त्रालयका अनुसार बुधबार नै मन्त्रालयले पूर्वमन्त्री पोैडेलको अनौपचारिक रुपमा विदाइ पनि गरेको छ। सो क्रममा पूर्वमन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार, सुरु भएका कार्ययोजना, गरेका कामहरु र प्राथमिकताका कार्यक्रमबारे पुस्तकमा उल्लेख भएको जानकारी दिए।  

पुस्तिका बुझ्दै मन्त्री शर्माले आफ्नो कार्यकाल लामो अवधिको नरहेको भएपनि सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।  

पौडेलले तोकेका स्वास्थ्य कार्यक्रम र आफूले तोकेका प्राथमिकता धेरैजसो साझा रहेकोले सो अनुसार अघि बढाउने बताइन्। सो क्रममा शर्माले स्वास्थ्य विमालाई सुधार गर्ने, औषधि व्यवस्था विभाग र औषधि लिमिटेडको पुनसंरचना गरी गुणस्तरको सुनिश्चतता गर्ने, नवजात शिशु तथा सुत्केरीको बढी मृत्यु हुने गरेका चार वटा प्रदेशका जिल्लाहरुमा मृत्युदर घटाउने गरी कार्यक्रम अघि बढाउने, मानसिक स्वास्थ्य सेवामा सुधार गर्ने लगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइन्।

प्रकाशित: १० मंसिर २०८२ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App