७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

२ सय ३० जना संक्रमित थपिए,दुईको मृत्यु

बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ भने थप २३० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको छ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २२ भाद्र २०७९ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App