८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव

फाइल तस्बिर

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव राखेका छन्।  

आइतबारको नगर कार्यपालिका बैठकमा उनले महानगरको ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव राखेका हुन्।

३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव उनले गरेका छन्।  

वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो उनको भनाइ छ। 

प्रकाशित: १२ भाद्र २०७९ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App