८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर।

पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ।

यस्तै आज ४८७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ३ भाद्र २०७९ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App