८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमित थपिएका छन् भने ६९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३२ महिला र ३७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीन सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ५४ र ३ सय ४६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २५, सुनसरीमा ११, झापामा ५, धनकुटामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १८, बेलाबारीमा ४, उर्लाबारी र कटहरीमा १–१ तथा स्थानीय तह नखुलेको १, सुनसरीको धरानमा ९, इटहरीमा २, झापाको भद्रपुर र विर्तामोडमा २–२ तथा कनकाईमा १, धनकुटाको सहिद भूमिमा १ जना र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा मंगलबार सक्रिय संक्रमित २ सय २८ जना महिला र १ सय ८४ जना पुरुष गरी ४ सय १२ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७९ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App