१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ३३५ जनामा संक्रमण पुष्टि, दुई लाख ३६ हजार ७ सय बढीले खोप लगाए

पछिल्ला दिन काेराेना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ। आज दुई हजार ९ सय ९६ नमूनाको परीक्षण गर्दा तीन सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यसैगरी आज ८६ संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या दुई हजार ९ सय ७१ छ। काठमाडौँमा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै मोरङ र ललितपुरमा २ सय बढी सक्रिय संक्रमित छन्।

संक्रमितमध्ये दुई हजार ८ सय ३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन्। मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय संक्रमितको संख्या शून्य छ। आज दुई लाख ३६ हजार ७ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ७ श्रावण २०७९ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App