२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

दैनिक बढ्दै काेराेना संक्रमण, एकैदिन १ सय ७७ जनामा पुष्टि

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो। 

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन्। विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।  योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन्। अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा  ११ जनाको उपचार भइरहेको छ। यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

प्रकाशित: २८ असार २०७९ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App