२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बालबालिकालाई कोरोना विरुद्धको खोप (फोटोसहित)

पोखरा–७ मासबारको मदरल्याण्ड माविका बालबालिका कोरोना विरुद्धको खोप लगाउँदै। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा पनि बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। पोखरा महानगरपालिका सहित कास्कीका अरु चारवटा गाउँपालिकामा खोप लगाउन थालिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यका अनुसार पाँच वर्षदेखि १२ वर्ष उमेर नकटेका बालबालिकालाई यो खोप लगाउन थालिएको छ। पोखरा महानगरमा खोप अभियान चलिरहेको र अरु गाउँपालिकामा भने खोप लगाई सकिएको आचार्यले बताए।

५ देखि १२ वर्ष उमेर समुहका र अहिलेसम्म कुनैपनि खोप नपाएका बालबालिकालाई फाइजरको खोपको पहिलो मात्र प्रदान गरिने पोखरा महानगरको स्वास्थ्य महाशाखाले बताएको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माका अनुसार पोखराभित्रका निजी तथा सरकारी सबै विद्यालयका बालबालिकालाई विद्यालयमै खोप लगाइएको छ। 

 शर्माका अनुसार महानगरभित्रका ३७० विद्यालयका ७७ हजार बालबालिकालाई पहिलोमात्रा खोप लगाइनेछ। बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको उनले बताए। असार २५ गतेसम्म खोप अभियान चलाइने शर्माले बताए। पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोश्रो खोप लगाइनेछ।

महानगरपालिकाभित्र मात्र खोप लगाउनका लागि १५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए। बिदाको दिन पनि खोप लगाउने शर्माले बताए। गण्डकी प्रदेशका कास्की र नवलपुरका बालबालिकालाई पहिलो चरणमा अहिले खोप लगाउन थालिएको छ।

 

प्रकाशित: १७ असार २०७९ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App