२६ श्रावण २०७९ बिहीबार
स्वास्थ्य

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दै

विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ। सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ। 

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो।  

स्थानीय पालिकाअनुसार मोरङको विराटनगरमा सबैभन्दा २७ र सुनसरीको इटहरीमा ११ सहित प्रदेशमा ३७ वटा पालिकामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आज एक महिलासहित दुईको मृत्यु भएको र चार हजार ७०५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० माघ २०७८ २०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App