१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालका ८ चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगरस्थित कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना फैलिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालमा कार्यरत ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिसँगै अस्पतालको स्वास्थ्य सेवा केही प्रभावित भएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मंगलबार दिउँसोसम्म पिसिआर रिपोर्ट आएअनुसार ४६ जनामा संक्रमण पुष्टि भएको हो। उनका अनुसार संक्रमितमध्ये ८ जना चिकित्सक, १७ जना नर्सिङ कर्मचारी र अन्य कार्यालय सहयोगी र स्वास्थ्यकर्मी रहेका छन्।

चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको डाक्टर दासले बताए। कोसी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराउँदै आएको छ। पछिल्लो केही दिन यता परीक्षणसँगै संक्रमित हुने संख्यामा वृद्धि भएको उनले बताए।

अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवका अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरेर संक्रमितको संख्या बढेर १ सय जना जति पुगेका छन्। दिउँसोसम्म ४६ जनामा पुष्टि भएको थियो भने अन्यमा लक्षण मिल्ने देखिएपछि आइसोलेसनमा बसेरका छन्। उनीहरु सबैको परीक्षणपछि संख्या बढ्न सक्छ। संक्रमित सबै जनाको स्वास्थ्य अवस्था ठीकै रहेको र आइसोलेसनमा बसेका छन्। अस्पतालको कुनै पनि सेवा बन्द गर्नुपर्ने अवस्था तत्काल नभएको हुँदा नियमित जस्तै सेवा प्रदान भइरहेको उनले बताए। चिकित्सकलगायत सबै जना संक्रमित हुँदा सेवा प्रदानमा केही समस्या भइहाल्छ।  

‘विश्व स्वस्थ्य संगठनको मापदण्ड अनुसार ५/७ दिन आइसोलेसनमा बसेर नियमित काममा फर्कने छौं,’ प्रवक्ता यादवले भने, ‘अहिले अस्पतालमा पहिलेको जस्तो बिरामीको चाप नभएकाले पनि काम गर्न सहज भएको छ। अस्पतालका सबै सेवाहरु बिरामीलाई प्रदान गरिरहेका छौं।’ अस्पतालको नियमित सेवाहरु प्रदान गर्न अहिले समस्या नभएको बताएका प्रवक्ता यादवले बिरामी अस्पतालमा कम आउनुले पनि सेवा दिन तत्काल बन्द गर्नुपर्ने स्थिति नभएको उनले बताए।

यससँगै अझै संक्रमित थपिन सक्ने देखिएपछि अस्पतालका विभिन्न वार्ड कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। अस्पतालमा विभिन्न फाँटमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी ६ सयभन्दा बढी काम गर्दै आएका छन्।

प्रकाशित: ४ माघ २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App