देश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार १ सय ४१ जनाको पिसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआराका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो।
प्रदेश १ मा सोमबार २ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २६ महिला र १ सय १४ पुरुष छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: १२ आश्विन २०७८ ०४:४९ मंगलबार





