८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप १,५६२ जना कोरोना पुष्टि, १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६२ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ। जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २९ भाद्र २०७८ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App