८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोभिड प्रतिकार्यमा जुट्दै दुर्गमका स्वास्थ्य संस्था

जुम्लामा दुरदराजमा रहेका स्वास्थ्य संस्था कोभिड १९ प्रतिकार्यका लागि जुटेका छन्। उनीहरु कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री संकलन गर्नेदेखि उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउनेसम्मको कार्य गर्न थालेका हुन्।  

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा गाउँमा तीव्र तयारी छ। दाताले पनि कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री दुर्गमतालाई केन्द्रित गरेर प्रदान गर्न थालेका छन्। जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढा ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति र कोभिड प्रतिकार्य सामग्री पुगेको बताउँछन्। उनले भने,‘गाउँमा भन्दा सहरी क्षेत्रमा चरम लापारबाही देखिन्छ। नागरिक कोभिड संक्रमण शून्यमा झरे जस्तो गरेर मास्कविना हिँड्डुल गरिरहेका छन्। तर संक्रमण दर घटेको छै।’ दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेका छन्। अझै सचेत हुनुपर्ने अवस्था रहेको उनले बताए।

जुम्लाको पातारासी गाउँपालिकामा कोभिड प्रतिकार्य सामग्री हस्तान्तरण गर्दै उपप्रमुख बुढाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैको हातेमालो जरुरी रहेकोमा जोड दिए। उनले भने,‘कोरोना कुनै एक व्यक्तिको समस्या होइन। यो सामूहिक समस्याका रुपमा खडा भएको छ। सामूहिक रुपमा प्रतिबाद गर्नुको विकल्प छैन। त्यसका लागि स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण परिपालना आवश्यक छ।’

कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको थियो। पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उपप्रमुख बुढाले स्वास्थ्यचौकीमा आइपुगेको स्वास्थ्य सामग्रीको भरपुर प्रयोग गर्न आग्रह गरे। उनले भने,‘कोभिड सामान्य रोग होइन। सबैले अनिवार्य मास्क लगाउने, सावुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर काम गर्न लगाउनु पर्ने सुझाव दिए।  

पटमारा स्वास्थ्यचौकीलाई फोल्डिङ वेड २ वटा, फेसशिल्ड २५० वटा, सर्जिकल मास्क ६ हजार, एन नाइन्टी फाइभ मास्क १ सय पिस, गोलोब्स १ सय पिस, फुलपिपिई ५० सेट, सेनिटाइजर ५ सय मिलिमिटरको ७५ बोतल, एन्टिजेन किट १५०, ह्याभी डिउटी गोलोब्स १ सय पिस प्रदान गरिएको थियो। यस्तै भिटिएम किट १ सय थान, अक्सिमिटर १० वटा लगायत २ लाख ६६ हजार ११५ रुपैयाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए।  

अध्यक्ष न्यौपानेले भने, ‘प्रदान गरिएको स्वास्थ्य सामग्री सही सदुपयोग होस। कोभिड रोकथाम तथा नियन्त्रणमा सघाउ पुगोस। यहाँको नागरिक संक्रमणमुक्त होउन भन्ने अपेक्षा छ। ’ यसअघि पेस नेपाल जुम्लाले कोभिड माहामारी रोकथाम तथा नियन्त्रण गर्न प्लान इन्टरनेसनल नेपालको सहयोगमा ४० लाख ७९ हजार २३१ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विभिन्न स्थानीय तहलाइ प्रदान गरेको थियो।  

त्यो स्वास्थ्य सामग्री हरेक स्थानीय तहमा स्थापना भएका कोभिड अस्पतालमा प्रयोग भइराखेको छ। कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९, सिंजामा ७ लाख १५ हजार १२२ र हिमामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो। त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कोभिड अस्पतालमा १७ लाख ६७ हजार ६१ रुपैयाँ बराबरको कोभिड रोकथाम तथा नियन्त्रण स्वास्थ्य सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर २० पिस, सर्जिकल मास्क २० हजार पिस, एन ९५ मास्क ४५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड सेनिटाइजर ३५० बोतल, फेसशिल्ड ३५० पिस, पिपिई २०० सेट, ग्लोब्स १२०० थान, हेभी ड्युटी ग्लोब्स १०० थान सहयोग गरिएको हो।  

हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड सेनिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो।  

सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल मास्क १५ हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड सेनिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान उपलब्ध गराइएको छ।

कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क १०० पिस, ५ सय मिलिलिटरको ह्यान्ड सेनिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो।

ग्रामीण क्षेत्रमा उत्पन्न हुने कोरोना जोखिमलाई मध्येनजर गर्दै कोभिड प्रतिकार्य सामग्री प्रदान गरेकोमा यहाँका स्थानीय तह खुसी छन्। सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल प्रयाप्त स्वास्थ्य सामग्री आउँदा निकै सहज भएको बताउँछन्। उनले भने,’गाउँपालिकाको बजेट प्रयाप्त हुँदैन। त्यही भएर कोभिड १९ संकट व्यवस्थापन गर्न निकै चुनौती थियो। अहिले धमाधम कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री आउँदा निकै सहज बनाएको छ।’ 

यसले गाउँमा स्थापना भएका कोभिड अस्पताल व्यवस्थापनमा निकै फाइदा पुर्याएको उनले बताए।

प्रकाशित: २९ भाद्र २०७८ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App