१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३६६ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६६ जना संक्रमित भएका छन्। ९ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ र ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।  

प्रदेश १ मा सोमबार ४ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ९ महिला र २ सय ३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७८ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App