७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा १७१ जना संक्रमित थपिए, पाँचको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जना कोरोना संक्रमति थपिएका छन्। १ हजार ६ सय २० जनाको पीसीआर परीक्षणगर्दा ५ सय २८ र १ हजार ७ सय ५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५ सय ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८१, झापामा १ सय ७९, सुनसरीमा १ सय ३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ। 

मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८,  केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१ जनामा संक्रमण देखिएको छ।  

झापाको विर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३,  बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३–३, बार्‍हदशीमा २, कमल गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १ जनामा संक्रमण देखिएको छ।  

उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा मंगलबार  ४ सय ५५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय २२ महिला र २सय ३३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७८ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App