४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

थप ३ हजार १ सय ६ जना संक्रमित, २३ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोभिड १९ को विवरण अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। 

थपिएकामध्ये पीसीआर परीक्षणबाट २ हजार २ सय ८० र एन्टिजेन परीक्षणबाट ८ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो। सोही अवधिमा जम्मा १३ हजार ५ सय १९ जनाको कोरोना परीक्षण गरिएको थियो। सो अवधिमा १ हजार ९ सय १६ जना कोरोना संक्रमणमुक्त भएको र २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सो संख्यासँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ जना पुगेका छन्।

प्रकाशित: १६ श्रावण २०७८ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App