७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा थपिए ६७३ संक्रमित

प्रदेश १ मा आइतबार ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षणमा ४ सय ५७ र ७ सय ६७ जनाको एन्टिजेन परीक्षणमा २ सय १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआरका आधारमा झापामा १ सय ७४, मोरङमा १ सय ५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६/६, संखुवासभा र तेहथुममा ४/४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ । झापाको बिर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४/१४, कनकाईमा १२, बाहदशी, गौरादह, कमल गाउँपालिका र गौरीगन्जमा ३/३, भद्रपुर र बुद्धशान्तिमा २÷२ र स्थानीय तह नखुलेका एकजनामा संक्रमण देखिएको छ।

त्यस्तै मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैंचा र उर्लाबारीमा १४/१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनवर्षीमा २/२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहबी र बराह क्षेत्रमा २/२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा १–१ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकमा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा २/२, तेहथुमको म्याङलुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १ जनामा संक्रमण देखिएको छ । खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १/१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा १/१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा आइतबार ३ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ६ महिला र १ सय ४६ पुरुष छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रदेशभरि खोप वितरण सुरु

प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । शनिबारदेखि प्रदेशका जिल्लाहरूमा खोप पठाउन थालिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। खोप व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रदेश १ सरकारले सोमबारसम्म १४ वटै जिल्लामा खोप पुर्‍याउने दाबी गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहका अनुसार कोरोनाविरुद्धको खोप वितरणका लागि शनिबारबाट १४ जिल्लामा पठाइएको छ।

सोही क्रममा सोमबारसम्म १४ जिल्लाभरि खोप वितरण कार्य सम्पन्न गरिसक्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त खोप जिल्लातर्फ वितरण सुरु गरिएको केन्द्रका प्रमुख साहले बताए। आइतबार सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लामा भेरोसेल खोप पठाइएको छ।

प्रदेशमा १ लाख ६९ हजार डोज भेरोसेल  

खोप र ४८ हजार भायल अर्थात् २ लाख ४० हजार डोज अमेरिकी खोप जोन्सन एन्ड जोन्सन  आएको छ। भेरोसेल खोप लगाउने कार्य सम्पन्नपछि जोनसन खोप वितरण सुरु गरिने साह बताए । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एन्ड जोनसन खोप ५० वर्षमाथिकालाई लगाइने तयारी गरेको जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७८ ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App