coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रसुवा अस्पताललाई १५ प्रकारका स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। रसुवा अपांग पुनर्स्थापना केन्द्रले जर्सी ओभरसिज एड र ह्याण्डीक्याप इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पताललाई १५ प्रकारका सामग्री हस्तान्तरण गरेको हो।

केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रचण्ड पौडेललाई सामग्री हस्तान्तरण गरेका हुन्। संस्थाले कोभिड–१९ प्रतिकार्य परियोजनाअन्तर्गत अक्सिजन सिलिन्डर ६ वटा, एन नाइन्टी फाइप मास्क ९० पिस, सर्जिकल मास्क २ हजार, फेस सिल्ड १ सय, टप ग्लब्स २० बाकस, सेफ्टी गगल्स ८० वटा, पल्स अक्सिमिटर १० वटा, सु कभर सय जोडी, गम बुट ५० वटा, बायो–हजार्ड ब्याग ३ सय वटा, गाउन ८० वटा, सर्जिकल क्याप २ सय वटा, सेनिटाइजर ५ लिटरको ८ जार, इन्फ्रारेड थर्मामिटर ५ पिस, ह्यान्ड सेनिटाइजर ५ सय एमएलको १० बोतल प्रदान गरेको हो।  

यसको मूल्य ३ लाख ७७ हजार ५ सय रुपैयाँ रहेको छ। यसअघि पनि १७ प्रकारका सामग्री वितरण गरिएको र पुनः थप सामग्रीहरू उपलब्ध गराउन पहल गरिने संस्थाका अध्यक्ष गम्भीरमान लोले बताए। ह्याण्डीक्याप इन्टरनेशनल (एचआइ) को आर्थिक सहयोगमा केन्द्रले यी सामग्री उपलब्ध गराइएको हो।  

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पौडेलले संस्थाले गरेको सहयोगबाट कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको बताएका छन्। ‘हामीले पहिले दिएको सामग्री पनि निकै उपयोगी थियो र थप सामग्रीले पनि अस्पतालाई थप सहयोग पुग्नेछ,’ उनले भने, संस्थाबाट भविष्यमा पनि सहयोग र सल्लाह सुझावको समेत अपेक्षा गरेका छौं।’  

केन्द्रले एचआइको सहयोगमा स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिलाहरू र बालबालिकाहरूको पहुँचमा सहजीकरण कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। परियोजनाअन्तर्गत जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: १ श्रावण २०७८ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App