१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

आयरल्याण्डले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। नेपालको कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् ती सामग्रीहरु पठाएको हो।  

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।

ती उपकरण तथा सामग्री आज विहान नेपाल आइपुगेको छ। डेनमार्कले पनि आफ्नो पहिलो लटको सामग्री पठाएको थियो। आयरल्याण्ड र डेनमार्कले विगत महिनाहरुमा नेपालीहरुलाई भयानक रुपमा प्रभावित गरेको कोरोना महामारीको खतरासँग जुझ्नका लागि नेपालले गरेको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येका दुई राष्ट्र हुन्।

डेनमार्कले भेंटिलेटरहरू, नसल अक्सिजन क्यान्युला, भाइजर, आइसोलेशन गाउन, एफएफपीटू मास्कहरू छन्।

प्रकाशित: ४ असार २०७८ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App