१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धनकुटामा १२ सय ४७ जनाले लगाए भेरोसेल खोप

धनकुटामा १२ सय ४७ जनाले कोरोना भाईरस विरुद्धकाे भेरोसेल खोप लगाएका छन्। जस अन्तरगत हिजो बिहिबार ४ सय ७० जनाले लगाएका थिए भने आज ७ सय ७७ जना गरी जिल्ला भर उल्लेखित संख्याले खोप लगाएको जिल्ला स्वास्थ्य प्रमुख तुलसि प्रसाद गुरागाईले जानकारी दिए ।

शुक्रबार जिल्लाको माहालक्ष्मी नगरपालिकामा १ सय ५५ ,पाख्रिबास नगरपालिकामा ३२, छ थर जोरपाटी गाउपालिकामा १ सय ५४ ,सहिदभुमि गाँउपालिकामा ७१ ,सागुरीगढि गााउपालिकामा १ सय १७, धनकुटा नगरपालिकामा २ सय २६ जाना ३२ देखि ६४ वर्ष उमेर समुहका नागरीकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ।

त्यस्तै गरी धनकुटामा अहिले सम्म कोरोना मुक्त हुने संख्या ८ सय ४२ पुगेका छन् भने ४ सय ५९ जना सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जानएको छ।  

प्रकाशित: २८ जेष्ठ २०७८ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App