५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

शरीरमा भिटामिन सी को कमी भयो भने के हुन्छ?

भिटामीन 'सी' को प्रयोग हाम्रो शरीरका निम्ति अत्यन्त आवश्यक तत्व हो। यस भिटामीनले हाम्रो शरीरलाई बलियो बनाउन र रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्छ।  

महिलाले दैनिकी ७५ ग्राम र पुरुषले ९० ग्राम भिटामीन 'सी' को सेवन गर्नुपर्ने आवश्यक रहेको अनुसन्धानले देखाएको छ। अहिले भइरहेको कोरोना कालमा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यस भिटामीनको ठूलो भूमिका छ।  

यस भिटामीनको कमी खराब खानपिन गर्ने व्यक्ति, किड्नीको विरामी, मदिरासेवन बढी गर्ने व्यक्तिमा पाइने गरेको छ। समयमा नै यस भिटामीनको आपूर्ति नगरे विभिन्न रोगहरू लाग्न सक्छ। तर ती रोगहरूको लक्षणअघि यस किसिमका लक्षणहरू देखिने गरेको पाइएको छ।  

१.घाउहरू चाँडै निको नहुनु

यदि कोही व्यक्तिमा भिटामीन 'सी' कमी भए उनीहरूको घाउ छिट्टै निको नहुने भनिएको छ। चोटपटक लागेर रगत बगेको कारण भिटामीन सीको लेवल तल झर्ने गर्छ तर कोलेजनलाई बन्नका लागि भिटामीन 'सी'को अति आवश्यक हुन्छ। काेलेजन एक प्रकारका प्रोटिन हो जसले छालालाई रिपेयर गर्न मद्दत गर्छ।

२.नाक र गिजाबाट रगत आउनु

भिटामीन सीको कमीले नाक तथा गिजाबाट रगत आउने गरेको देखिएको छ। एक अध्ययनका अनुसार गिजाका बिरामीलाई दुई हप्तासम्म अंगुरको सेवन गराइएको थियो। उनीहरूको गिजाबाट रगत बग्ने समस्या हटेको थियो। यसबाहेक नाकबाट रगत बग्नुमा पनि भिटामीन सीको कमी भएको कारण मानिएको छ।

३. मोटोपना  बढ्नु

केही अनुसन्धानका अनुसार मोटोपना बढ्नुमा पनि भिटामीन सीको कमी पाइएको छ।  विशेष गरी पेटमा बोसो बढ्नुमा  भिटामीन सीको कमीलाई मानिएको छ। यही खण्डमा भिटामीन सी पर्याप्त भए बोसो हिट एनर्जीमा परिणत हुने देखिएको छ। मोटोपना घटाउनमा भिटामीन सीले सहयोग गर्न सक्छ।

४.आँखा कमजोर हुनु

भिटामीनको कमीले आँखामा असर पर्ने गरेको एक अनुसन्धानले जनाएको छ। उमेर बढेसँगै पर्याप्त भिटामीन सी तथा एन्टी अक्सिटेन्टकाे कमी भएर आँखामा पनि यसको असर देखिएको पाइएको छ।  

अन्य लक्षणहरू

यसबाहेक छालामा विभिन्न रोगहरू जस्तै छालामा चाउरी पर्ने, सुक्खापन हुने, आदि पनि भिटामीन सीकाे कमी भएको कारण हुन सक्ने देखिएकाे छ। 

तसर्थ भिटामीन सीयुक्त खानामा ध्यान दिन आवश्यक छ। यो भिटामीन सुन्तला, अमला, कागती, किवी, ब्रोकाउली, भेडे खुर्सानी आदि खानेकुरामा पाइन्छ। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App