coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन

अर्घाखाँचीका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ। कोरोना भाइरस बढ्दै जाँदा दरबन्दीमा रहेका डाक्टरहरू अध्ययन विदामा गएपछि जिल्लामा रहेका दुईवटै प्राथमिक स्वास्थ्य केन्द अहिले डाक्टर विहीन अवस्थामा छन्। छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा बिरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।  

दरबन्दीमा रहेका डाक्टर अध्ययन विदामा गएको र स्वास्थ्य मन्त्रालयले वैकल्पिक डाक्टर उपलब्ध नगराउँदा अहिले समस्या भएको छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले बताए। ‘कोरोना महामारीमा समेत डाक्टर नहुँदा गाह्रो भएको छ,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामी राख्ने अवस्था छैन।’ गाउँमै स्वास्थ्य केन्द्र भएपनि सामान्य उपचारका लागि सन्धिखर्क तथा बुटवल जानुपर्ने बाध्य रहेको उनको बताए। १० जनाको दरबन्दी रहेको ठाडा प्राथामिक स्वास्थ्य केन्द्रमा ७ जना मात्रै पदपुर्ती भएका छन्। 

डाक्टर नहुँदा स्वास्थ्य केन्द्र भएर पनि नभए जस्तो भएको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए। ‘सामान्य बिरामी मात्र हेर्ने काम भएको छ,’ उनले भने, ‘यो महामारीमा चिकित्सक नहुँदा नगरपालिकालाई निकै गाह्रो भएको छ।’ अहिले प्राथमिक स्वास्थ्य केन्द्र स्टाफ नर्सको भरमा चलेका छन्। सबै अधिकार डाक्टरमा निहित हुने भएकाले जोखिममा रहेका बिरामी राख्न समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।

कोभिड अस्पताल पनि अलपत्र

डाक्टर अभावमा जिल्लाका कोभिड अस्पताल सञ्चालनमा आउन सकेका छैनन्। जिल्लाका ६ वटा स्थानीय तहमा रहेका कोभिड अस्पताल प्रभावकारी ढंगले चल्न सकेका छैनन्। हाल जिल्लाको पाणिनी गाउँपालिका बाहेक अन्य पालिकामा एमबिबिएस डाक्टर छैनन्। डाक्टर भएको ठाउँमा पनि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन सकेका छैनन्।

पाँच शड्ढयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न संघीय सरकारले गत वर्ष नै परिपत्र गरेको थियो। तर डाक्टर अभावले सञ्चालन गर्न नसकिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले बताए। ‘मेडिकल अधिकृतका लागि पटकपटक विज्ञापन गरेका छौं दरखास्त नै पर्न मुस्किल हुन्छ,’ उनले भने, ‘सेवासुविधा थप गरेर भएपनी राख्ने योजनामा छौं।’ दुर्गम गाउँमा कोही डाक्टर आएर बस्न नमान्ने उनको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App