९ कार्तिक २०७८ मंगलबार

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

ऐसेलुखर्क बजारमा छाडा कुकुरको बिगबिगी

रातका समयमा बजार क्षेत्रमा भेला भएका कुकुरले झम्टने गरेको छ। जथाभावी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा हिँडडुल गर्न कठिन भएपछि गाउँपालिकाले बुधबार सूचना जारी गर्दै जथाभावी कुकुर नछाड्न आग्रह गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।

सालकोटबाट ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सुरु

पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा बिरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।

पाटनमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द

स्वास्थ्य केन्द्रका दुईजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अर्को सूचना नहुँदासम्म अन्य सेवा बन्द गरिएको जनाएको छ। केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिनसमेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ।

गाउँपालिकाको पहलमा सुचर र प्लाष्टर सेवा निःशुल्क

खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरिएको छ ।

संक्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द

भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ संक्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको बहिरङ्ग सेवा बन्द

प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको बहिरङ्ग सेवा बन्द गरिएको छ। स्वास्थ्य केन्द्रमा मंगलबार परीक्षणका लागि आएका एक बिरामीको प्युठान अस्पतालमा गरिएको कोरोना आरडिटी पोजेटिभ आएपछि सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

८ महिनादेखि डाक्टरबिहिन रोल्पाको होलेरी

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामीलाई समस्या परेको छ। कोरोना महामारीको त्रासका समयमा लामो समयदेखि गाउँमा चिकित्सक नहुँदा यो क्षेत्रका स्थानीयहरु मारमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्