२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रूपको चिन्ताले किशोर/किशाेरीमा डिप्रेसन : अध्ययन

किशोर उमेरका केटाकेटी (टिनएजर्स) नैराश्यता (डिप्रेसन) मा पर्नुको एउटा कारण शारीरिक बनावट पनि हुन सक्ने एक अनुसन्धानले देखाएको छ।

नेदरल्यान्डमा हालै गरिएको अनुसन्धानका अनुसार जुन किशोर–किशोरी आफ्नो शारीरिक बनावटबाट खुसी छैनन्, त्यो नै उनीहरूका लागि डिप्रेसनको कारण बन्न सक्छ।  

जर्नल आफ एपिडिमियोलजी एन्ड कम्युनिटीमा प्रकाशित अध्ययनले भन्छ- ६० प्रतिशत टिनएजर्स आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट छैनन्।

सामाजिक सञ्जालका कारण झन् यो चिन्ता बढ्दो छ। किनकि हरेक युवा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रममा आफ्नो शारीरिक बनावटलाई निकै ध्यान दिन्छन्।  

आफ्नो शारीरिक बनावटबाट किशोरी बढी असन्तुष्ट

बेलायतमा यो पत्ता लगाउन अलग अलग उमेकार टिनएजर्समा अध्ययन गरिएको थियो। पहिलो समूहमा १४ वर्ष उमेरका थिए। उनीहरूको शरीरको बनावट, वजन, छाती, खुट्टा, हिप, अनुहार र कपाल आदिका विषयमा मूल्यांकन गरिएको थियो।  

दोस्रो समूहमा थिए– १८ वर्षका। जो डिप्रेसनबाट पीडित थिए। यिनको हालत किने यस्तो? पत्ता लाग्यो। अध्ययनको प्रतिवेदनअनुसार केटा र केटी दुवै आफ्नो शारीरिक संचरनाबाट असन्तुष्ट थिए। त्यसमा पनि बढी केटी थिए।  

१४ वर्षमा हल्का लक्षण, तीन वर्षपछि गम्भीर

अध्ययनअनुसार जुन किशोरीको उमेर १४ वर्ष थियो, उनीहरू आफ्नो शरीरदेखि असन्तुष्ट थिए र उनीहरूमा डिप्रेसनको हल्का लक्षण सुरु भएको थियो। जसको उमेर १८ वर्षको थियो, उनीहरू डिप्रेसनको गम्भीर अवस्थामा थिए। त्यही उमेरका केटामा भने डिप्रेसनको हल्का लक्षणमा मात्र सुरु भएका थिए। यिनीहरू त्यस्तो गम्भीर अवस्थामा थिएनन्।  

‘मेन्टल डिसअर्डर’

मनोवैज्ञानिक विशेषज्ञ डा. अनामिका पाडीवालाका अनुसार हरेक समय उदास, काम गर्न मन नलाग्ने, भोक र प्यास थाहा  नहुने र प्रायः नकारात्मक कुरा गर्ने ‘मेन्टल डिसअर्डर’ का लक्षण हुन सक्छन्।  

यसबाहेक हरेक चिजमा कमी महसुस, धेरै समयसम्म सुत्ने र एक्लै बस्न रुचाउनेजस्ता लक्षण देखिएमा सतर्क हुन जरुरी छ। यस्ता लक्षण देखिनासाथ परिवारका सदस्य वा कोही नजिकका व्यक्तिले तुरुन्त मनोरोग चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ।  स्राेत : दैनिक भास्कर

प्रकाशित: २५ मंसिर २०७७ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App