२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन्। बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा. तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शपथ गराएका हुन्।

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पुर्‍याउनुपर्ने बताए। उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गरे।

नवनियुक्त कार्यकारी निर्देशक डा. बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पुर्‍याउने बताए। उनले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराए।  

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ। पाँच जना सदस्य भएका परिवारले वार्षिक तीन हजार ५ सय रुपैयाँको बीमा गरे वार्षिक एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन्। रासस

प्रकाशित: १२ मंसिर २०७७ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App