१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सर्वसाधारणदेखि उच्च अधिकारीसम्म संक्रमित

एकै दिन १२ को ज्यान गयो, २२ जना भेन्टिलेटरमा

काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार फोटो पत्रकारको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर: मोनिका मल्ल/नागरिक

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा मोरङमा दुई जना छन् भने भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, जमजुङ र रूपन्देहीमा एकएक जनाको मृत्यु भएको हो । मृतकमध्ये ४ जना महिला छन, भने ८ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।  

मुलुकमा थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय थप संक्रमित मध्ये उपत्यकामा मात्रै चार सय ११ पुगेका छन् । ती मध्येमा काठमाडौंमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना छन् । उपत्यका बाहिर सबैभन्दा बढी रूपन्देहीमा ७२, मकवानपुरमा ५१, मोरङमा ४७, सुनसरीमा ४१ र बाँकेमा ३६ नयाँ संक्रमित फेला परेका छन् । यी मध्येमा दुई सय ४२ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये ६ हजार चार सय ४६ जना होम आइसोलेसनमा छन्, भने ९ हजार पाँच सय ७३ जना संस्थागत आइसोलेसनमा हरेको मन्त्रालयले जनाएको छ ।  

सक्रमितहरूको संख्या दिनप्रति दिन बढ्दै गएका बेला सर्वसाधारणदेखि उच्च पदस्थ अधिकारीहरूमा पनि संक्रमित भएका छन् । अहिलेसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, प्रतिनिधिसभाका चार सांसद, प्रदेशका एक मन्त्री, एक उपपसभामुख र दुई सांसद संक्रमित भएका छन् । कांग्रेसका तीन केन्द्रीय सदस्यसहित पूर्वमन्त्रीहरूमा कोरोना संक्रमण पुष्टी भएको छ । केही संक्रमणबाट मुक्त भइसकेका छन् भने केही नेताहरू होम आयसोलेसनमा र केही अस्पतालमा रहेका छन् ।  

तीन कोभिड अस्पताल थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोनो उपचारको व्यवस्थापनको लागि उपत्यकामा थप तीन वटा अस्पताललाई कोभिड अस्पताल बनाएको छ । जसअनुसार कान्तिपुर अस्पताल, नेशनल मेडिकल कलेज वीरगन्ज र जनमैत्री अस्पताल छन् । कोभिड उपचार व्यवस्थापनकै लागि केन्द्रीय अस्पतालमा थप ३ हजार श­ड्ढया, प्रादेशिक अस्पतालमा १९ सय ५७ शड्ढया थप गरेको मन्त्रालयले जनाएको छ । देशभर ६ सय ४९ वटा स्थानीय तहमा पाँच÷पाँच शड्ढयाका दरले ३ हजार २ सय ४५ शड्ढया थप गरेको मन्त्रालयले जनाएको छ ।

४२ जनाले प्लाज्मा दान गरे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरमा कोरोना निको भएका ४४ जनाले प्लाज्मा दान गरेको जनाएको छ । हालसम्म २० देखि ५९ वर्षका ३७ जना र अन्य ५ जनाले गरी ४२ जनाले दान गरेको बताइएको छ । उनीहरूको रगतमा भएको प्लाज्मा कोरोना संक्रमितलाई दिँदा निको हुने भएकोले सरकारले अहिले संंक्रमितको स्वइच्छाले प्लाज्मा दान दिने र संकलन गर्ने कार्यक्रमअघि बढाइएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App