१५ माघ २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

दोस्रो दिन पनि अस्पतालमा बहिरंग सेवा बन्द

नेपाल चिकित्सक संघको हड्तालको कारण आज दास्रो दिन पनि उपत्यकाका अस्पतालभर बहिरंग सेवा बन्द भएका छन्।

सेवा बन्दका कारण अस्पताल आएका बिरामी अलपत्र परेर फर्केको वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीले जनाएका छन्। ‘बहिरंग सेवा पूरै बन्द छ, आएका बिरामी फर्के,’ वीर अस्पताल काउन्टरकी एक कर्मचारीले भनिन्। 

टिचिङमा पनि पुराना बिरामीको मात्र जाँच गरिएको पाइएको छ। राजधानीका अन्य अस्पतालमा पनि बहिरंग सेवा बन्द भएको अस्पतालहरूले जनाएका छन्। माग सम्बोधन नभएसम्म सेवा बन्द हुने संघले जनाएको छ।

संघको माग सम्बोधन गर्ने कुनै पहल नभएको संघले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App