२५ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिभिलमा नेपालमै पहिलो पटक न्याभिगेशन प्रविधिबाट जोर्नी प्रत्यारोपण

निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलो पटक न्याभिगेशन (कम्प्युटराइज) प्रविधिबाट घुँडा प्रत्यारोपण सुरु भएको छ ।

सोमबार नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सो सेवाको औपचारिक उद्घाटन गरेका हुन ।

यो सेवासँगै घुँडा तथा हिप प्रत्यारोपणमा पहिलाको  भन्दा राम्रो परिणाम आउने अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहट्ठाले जानकारी दिए ।

उनका अनुसार यो प्रविधिमा कम्प्युटरको माध्यमबाट अप्रेसन गर्नु अघि हाड कति काट्ने र अप्रेसन गरेपछि कति भाग काटियो भनेर जानकारी आफै दिन्छ । यो कारणले पनि यो उपचारमा सहज भरपर्दो प्रविधि मानिन्छ। ‘ अप्रेसन अघि हड्डी कति काट्नु पर्छ र गरेपछि कति काटियो भन्ने कुरा कम्प्युटर  भन्ने हुनाले यसमा मिस्टेक हुँदैन’  उनले भने ।

अस्पतालका अनुसार यो उपकरण जर्मनीबाट दुई वर्ष पहिला नै आएको थियो । तर आवश्यक अन्य सामाग्री नआएको कारण यो वर्ष मात्र सञ्चालनमा  आएको हो । उपकरण जडान भएपछि अस्पतालले अस्पतालसम्म दुई जनाको यो प्रविधिबाट  घुँडा प्रत्यारोपण गरिसकेको छ।

न्याभिगेशन प्रविधिको सरकारले तीन करोड मूल्यमा खरिद गरेको हो । यो प्रविधि यस अघि नै भारत तथा अमेरिका जस्ता देशहरूमा अभ्यासमा भएपनि नेपालमा भित्रिन सकेको थिएन ।  निजी अस्पतालमा यो प्रविधि अहिलेसम्म नभएको र सरकारीमा पनि पहिलो पटक सिभिल अस्पतालमै भित्रिएको अस्पतालको दाबी छ । यो प्रविधिबाट घुँडा तथा हिप प्रत्यारोपण गर्दा अबको उपचारमा थप प्रभावकारी हुने देखिएको डा. मरहट्ठाले जानकारी दिए । 

प्रकाशित: १९ जेष्ठ २०८२ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App