२३ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

जर्मन राष्ट्रपतिद्वारा नेपालमा गरेको कार्यका लागि नेपालमेडका संस्थापकद्वयलाई सम्मान

जर्मन राष्ट्रपति फ्रांक-वाल्टर स्टाइनमायरले नेपालमा गरिरहेको सामाजिक सेवाका लागि नेपालमेडका संस्थापकद्वय सिल्के र अर्ने ड्रेभ्सलाई “फेडरल क्रस अफ मेरिट अन रिबन” पुरस्कार प्रदान गरेका छन्। यो सम्मान जर्मनीको सबैभन्दा उच्च नागरिक सम्मान हो।  

“लोकल टाइम जर्मनी” अन्तर्गत डेलिट्सच शहर (साक्सोनी राज्य) भ्रमणको क्रममा राष्ट्रपतिले सम्मान गरेको थिए । प्रेस विज्ञप्तिअनुसार, नेपालमेडले विगत २५ वर्षदेखि नेपालमा स्वास्थ्य सेवामा सहयोग पुर्याउँदै आएको छ। अर्ने ड्रेभ्स संस्थाको अध्यक्षका रूपमा निरन्तर कार्यरत छन् भने सिल्के ड्रेभ्सले कोष संकलन तथा हिसाब किताबको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

नेपालमेडले ग्रामीण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई सहयोग गर्ने, अस्पतालसम्म पुग्ने सडक निर्माण, स्वास्थ्य सेवाका लागि सवारी साधन खरिद, स्वास्थ्यकर्मीहरूको आवास निर्माण, तालिम तथा थप अध्ययन जस्ता कार्यक्रममार्फत नेपालमा स्वास्थ्य सेवा सुधारमा योगदान पुर्याउँदै आएको छ।

निकट भविष्यमा नेपालमेडले कीर्तिपुर अस्पतालमा रगत स्थानान्तरण इकाई स्थापना, पश्चिम नेपालमा निष्क्रिय क्षयरोगको परीक्षण तथा उपचार कार्यक्रम र स्तन क्यान्सर परीक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०८२ २०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App