२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा मेलौलीबाट पुन: स्वास्थ्य बिमा कार्यक्रम

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुन: स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ । स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए।

उनका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ । सफ्टवेयर खरिदका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बडालले बताए। सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताए।

यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने ‘रेफर’ गर्नुपर्नेलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रहिआएको छ ।

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका बडालले बताए। स्वास्थ्य बिमामा आबद्ध भएका सदस्यले रु एक लाखसम्मको उपचार नि:शुल्क रूपमा पाउने गरेका छन् ।  

प्रकाशित: १६ वैशाख २०८२ १७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App