२५ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा

दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।  

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ। सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उनले बताए।  

यही माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ।

कार्यक्रमका लागि पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था र विद्यालयलाई खोप केन्द्र निर्धारण गरिएको छ। खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ। रासस 

प्रकाशित: १४ माघ २०८१ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App