१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

तपाईंलाई मधुमेह देखियो, आजै छाड्नुहोस् यी खानेकुरा

सामान्य जस्तो लागेपनि मधुमेह अर्थात् डाइभिटिज रोगले जटिल समस्या दिइरहेको हुन्छ । भित्रभित्रै यसले विभिन्न अंगमा आक्रमण गर्ने गर्छ र अंग फेइलर हुनेदेखि मृत्युसम्म गराउँछ । सूरुवातबाटै खानपिनदेखि आफ्नो जीवन शैलीमा ध्यान दिइएन भने जटिल प्रकारको स्वास्थ्य समस्या यसबाट निम्तन्छ । 

बंशानुगत गुणले मात्र हैन बढी तनाव, शारिरिक व्यायामको कमी, खानपिनमा ध्यान नदिनुले पनि मधुमेहलाई निम्त्याइरहेको हुन्छ । साइलेन्ट किलरको उपमा पाएको मधुमेह भएपछि औषधिमा मात्रै भर पर्नुभन्दा खानपानमा पनि उत्तिकै ध्यान पुर्याहउन आवश्यक देखिएको छ । खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले सुगर लेभल बढी देखिए आजै यी चार कुरा खान छाड्नुहोस् ।  

 

१, गुलियो: मिठो अर्थात् गुलिया चिजदेखि टाढै रहनुहोस् । मधुमेह भनेकै चिनीको मात्रा शरीरमा बढी हुनु हो । त्यसैले गुलियो खानाले यसलाई झन बढाउँछ ।  

२, प्रसोधन गरिएका खाद्य पदार्थ: प्रसोधन गरिएका खाद्य पदार्थबाट पनि बच्नुपर्छ । किनकि यसले तीव्र गतिमा चिनीको मात्रा शरीरमा बढाउँछ । कार्वोहाइट्रेड बढी पाइने खानेकुरा, सेतो चामल, समोसा, ब्रेड, पास्ता, पिज्जा जस्ता मैदाले बनेका चिज विष समान मानिन्छन् ।  

३, तेलमा तारेको वा भुटेका खानेकुरा: तेलबाट बनेका वा तारेका खानेकुरा, तेलमा भुटेका खानेकुरालाई तत्काल पर राख्नुहोस् । धेरै तेलमा पकाउँदा कुनै पनि खानेकुरामा अत्यधिक कार्बोहाइड्रेट र सुगरको मात्रा बढ्छ । जसले मधुमेहका बिरामीको समस्या दिन्छ ।  

४, सफ्ट ड्रिंक्स तथा फलफूलको जुस: सफ्ट ड्रिंक्स तथा फलफूलको जुसमा सुगरको मात्रा बढी पाइन्छ । सफ्ट ड्रिंक्समा चिनीको मात्रा अत्यधिक हुन्छ भने ताजा फलफूलमा पनि बढी नै पाइन्छ । सफ्ट ड्रिंक्स त मधेमेहका बिरामीलाई विष समान हुन्छ भने ताजा फलफूल र यसबाट बनेको जुस पनि सीमित मात्रामा मात्रै लिनु पर्छ ।

प्रकाशित: १७ असार २०८१ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App