१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ। छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप  पालिका घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख  रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय  समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए।

सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो। लामो समयदेखि यो कार्यतयारी भइरहको थियो।

गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो। समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं.४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिएका थिए।। रासस

प्रकाशित: १७ जेष्ठ २०८१ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App