२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालको यो ‘हविगत’

एउटा अस्पताल जहाँ मेडिकल आइसियुमा ८ बेड छन्। दुई वटा थन्किएका छन्। सर्जिकल आइसियु १८ बेडमा १० प्रयोगमा छैनन्।

रेस्पिरेटरी आइसियुमा एसी बिग्रिएकाले महिनौँदेखि बिरामीहरूको तापक्रममा समस्या देखिएको छ। क्रिटिकल बिरामीहरूको तापक्रम मिलाउन सकिएको छैन। 

न्युरो आइसियु ९ बेडमध्ये चार प्रयोगमा छैनन्। ग्यास्ट्रोहेपाटो आइसियु ११ बेड भएकोमा सबै थन्किएर सबै बन्द गरेर भोटे ताल्चा लगाएर राखिएको छ।

सीसीयुमा ९ बेडमा ५ बेड थन्किएका छन्। मुटुका बिरामी राख्ने गरिएको कार्डियोलोजी वार्डमा १८ बेडमा ९ बेड प्रयोगमा छैनन्। ज्येष्ठ नागरिकका लागि भनेर खोलिएको वार्ड पुरै बन्द छ। अपरेसन कक्षहरू पनि पूर्ण सञ्चालनमा छैनन्। केही सञ्चालनमा छन् केही बन्द अवस्थामा छन्।

यता घरघरमा सुगर, प्रेसर दमका बिरामीहरू बढिरहेको अवस्था छ। युवा नागरिकहरू अहिले पक्षाघात र हृदयघातबाट गुज्रिनुपर्ने अवस्था छ।

अस्पतालमा भने दैनिक रूपमा २७/२८ वटा आइसियुका बेड खाली छन्। तर बेड खाली छैन भनेर बिरामीलाई अन्त जानुस् भन्नुपर्ने अवस्था छ।

दिनहुँ जस्तो फोन आउँछ। शायद अरू मान्य ज्यूहरूलाई पनि यस्ता किसिमका फोन आइरहेको होला। ‘डेट मिलाइदिनुस् अपरेसनका लागि, बेड मिलाइदिनुस् आइसियुका लागि’ भनेर। डेट मिलाउनुपर्ने, बेड मिलाउनुपर्ने स्थिति भएपछि म स्वयं यो अस्पतालमा प्रत्यक्ष आफै पुगेर यो हविगत देख्दा निकै पिडा भयो।

आइसियु र भेन्टिलेटर नपाएर छटपटाई रहेका बिरामीको हारगुहार र रोदन सुनी नसक्नु छ। यसले राज्यको अकर्मयताप्रति आक्रोश मेरो पनि जाग्यो।

यो कहीँ दूर दराजको ठाउँ बिरामीको अभाव अभावै  भएको अस्पतालको तथ्याङ्क सुनाइरहेको छैन, मैले। यो देशको सबैभन्दा पुरानो र वीर अस्पतालको तथ्याङ्क हो।

(राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले वीर अस्पतालको अवस्थाबारे आइतबार प्रतिनिधिसभा बैठकमा राखेको वस्तुस्थिति)

प्रकाशित: १८ चैत्र २०८० १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App