१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्रमा पुगेका छन्। गाउँपालिकाको केन्द्र मुनाबाट समुद्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जाका बालबालिकालाई लगाउने खोप बोकेर करिब नौ घन्टाको पैदल यात्रा परी गुर्जा पुगे।

म्याग्दी जिल्लाको अति विकटमा पर्ने कार्यालय सहयोगी छन्त्यालले पदैलमार्गमा हिमपातले अन्य दिनभन्दा समय लागेको बताए। ‘खोपलाई सुरक्षित साथ गुर्जामा पुर्‍याउनुपर्ने थियो, हिउँमा यात्रा गरी खोप सुरक्षित गरिकाले स्वास्थ्य चौकीमा पुर्‍याए’ स्वास्थ्य चौकीका सहयोगी छन्त्यालले भने।

उनले आफ्नो जिम्मेवारीअनुसार समयमै खोप गुर्जामा पुर्‍याएको बताए। हिउँ छिचोल्दै खोप केन्द्रमा पुगेपछि बुधबार समयमै खोप सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।  

गुर्जामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका ४० बालबालिकामा एकजना बिरामीबाहेक सबैले खोप लगाएका छन्। जिल्लाका ६ वटै स्थानीय तहमा प्रतिशतका आधारमा सबैभन्दा धेरै ९७.५ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। एउटै बस्तीमा रहेको वडाबासीले सचेतनामूलक अभियानसमेत सञ्चालन गरेकाले सहज भएको थियो।

यता अभियानको पहिलो दिन बुधबार १७ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ। बुधाबारदेखि सुरु भएको दादुरा–रुवेला रोगविरुद्धको खोप अभियानको पहिलो दिन १७ सय ७७ जना बालबालिकालाई लगाइएको हो।

पहिलो दिनको खोप कार्यक्रममा म्याग्दीभर उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

आगामी फागुन २१ सम्म सञ्चालन हुने खोप अभियानअन्तरगत ६ वटै स्थानीय तहमा सबैभन्दा धेरै जिल्लाको अति विकट मानिने धवलागिरि गाउँपालिकाका बालबालिकालाई खोप लगाएको छ। धवलागिरिमा ४७.१ प्रतिशत बालबालिकामा पहिलो दिन नै खोप लगाएको छ।

त्यसैगरी बेनी नगरपालिकाले २८.४ प्रतिशत, अन्नपूर्णले २५.३ प्रतिशत, मालिका २५ प्रतिशत, रघुगंगा गाउँपालिकाले १८.६ प्रतिशत र मंगला गाउँपालिकलो १७.२ प्रतिशत बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालयद्वारा जारी विवरणमा उल्लेख छ।

प्रकाशित: १७ फाल्गुन २०८० १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App