२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।

भोलि काठमाडौंका ५२ ठाउँमा ५ घन्टा विद्युत अवरुद्ध हुने (सूचनासहित)

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ।

हिमपातले घर फर्किन सकेनन् गोठाला

दुईदिन अघिको हिमपातले उच्च हिमाली भेगका बस्तीमा सास्ती थपिँदै गएको छ। अधिक हिमपातले गाउँमा हिमपहिरो निम्तिन थालेको छ भने उच्च हिमाली भेगमा गाउँले नै अलपत्र परेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर एकजना गाउँले बेपत्ता भएका छन्। भेडिगोठमा रहेका सातजना गाउँले घर फर्किन सकेका छैनन्।

‘कोरोना लाग्दा पनि नियमित गुर्जाे खाएँ, निको भएपछि पनि छाडेको छैन’

कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताए। कोरोना जोखिम नदेखिदाँसम्म गुर्जाेको वास्ता नभए पनि अहिले परिवारले नै यो नियमित सेवन गर्ने गरेको उनले जानकारी दिए।

कोरोनासँग लड्न शक्ति दिने चर्चापछि गुर्जाे रोप्ने अभियान

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा शनिबार १५० गुर्जोका बिरुवा रोपिएका छन्।

पानी नपरे पनि एकाएक बाढी

गुर्जाको लाच्थावाङ र घुर्म खोलामा बुधबार एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो। बुधबार दिउँसो नै लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।

गुस्तुङ सफल, गुर्जामा फेरि असफल

आरोहण अनुमति पाएपछिको पहिलो टोलीले म्याग्दीको गुस्तुङ हिमाल (६४६५मि) को सफल आरोहण गरेको छ । गुर्जा हिमाल छेउको चुचुरो गुस्तुङ अघिल्लो बुधबार आरोहण गरिएको हो । विदेशी ६ र तीनजना नेपाली गरी नौजनाको आरोही टोली आरोहण सकेर म्याग्दीको गुर्जा गाउँ फर्किसकेको छ।

‘जब बस्ती छुट्छ, सम्पर्क पनि टुट्छ’

गुर्जा हिमाल आरोहण गर्न गएको विदेशीको समूह गत बिहीबार प्राकृतिक प्रकोपको चपेटामा पर्यो । पहिलोपटक आरोहण अनुमति पाएको म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको प्रकोपमा परी ज्यानै गयो।

‘सिद्धबाबाको पूजा नगर्दा हिमआँधी आयो’

‘टुप्पीमाथि राैं छैन, गुर्जामाथि गाउँ छैन’, यो चल्तीको उखान हो। उखानले भने झैं गुर्जा म्याग्दीकै सबैभन्दा माथिल्लो र अन्तिम गाउँ हो। गुर्जा बस्तीपछि हिमाली भेगमा पुगिन्छ। धवलागिरी गाउँपालिका–१ मा गुर्जा गाउँ र हिमाल पर्छ।

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्