२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

म्याग्दीको विकट खिवाङ गाउँ सडक सञ्जालमा जोडियो

धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो।

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

धवलागिरि गाउँपालिकाका छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने परम्परा र संस्कृति रहेको छ।

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...

वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए।

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन्।

तीन दिन हिडेर मतदान

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो।

बिनाअनुमति प्याराग्लाइडिङ

केही दिनअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिङ उडान गरेको तस्बिर सार्वजनिक भयो। बस्तीमाथि प्यारासुटमा उडिरहेको विषयमा स्थानीयले समेत खासै चासो देखाएनन्। प्रहरीलाई जानकारी नै छैन। नेपाली तथा विदेशीले व्यावसायिक प्याराग्लाडिङको सम्भाव्यता अध्ययन गर्ने भन्दै सम्बन्धित निकायबाट अनुमति नलिई उडान गर्ने गरेका छन्।

लुलाङ आधारभूत विद्यालयकाे चौरमा पठनपाठन

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो। विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्