१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै

यस्ताे पनि!

गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।

अन्तरिक्षमा हुने शून्य गुरुत्वका कारण क्यान्सर उपचारमा ठूलो फड्को हुन सक्ने बेलायती वैज्ञानिकहरूले बताएका छन्। अहिले केटी किङ र उनको वैज्ञानिक टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा क्यान्सरका रोगीहरू लैजाने, त्यहाँ तिनको उपचार गर्न विभिन्न औषधी उपयोग गर्ने र बिरामीको अवस्था स्थिर भएपछि पृथ्वीमा फर्काउने सम्भावनाको खोजी भइरहेको छ।

३१ वर्षीया किङले यो सम्भावना आफ्नी ६३ वर्षीया आमा क्यारोल भोर्डरम्यानबाट प्रेरणा लिँदै यसतर्फ पाइला चालेकी हुन्। यसका लागि उनले बायोअर्बिट कम्पनी निर्माण गरेकी छन्, जसले स्टेम (साइन्स, टेक, इन्जिनियरिङ र गणित) विषयमा पारंगत पाएकी छन्।

 उनको सपना पूरा गर्न युरोपियन स्पेस एजेन्सी र बेलायती सरकारको युके रिसर्च एन्ड इनोभेसनले सहयोग गरिहेका छन्। आउँदो वर्षको जनवरीमा उनले पहिलो परीक्षण आइएसएसमा गर्नेछिन्।

क्याम्ब्रिजमा नानोसाइन्समा किङको पिएचडीको विषय नै एउटा सम्भावनामाथि थियो। जस्तो, उनले क्यान्सर उपचारमा आवश्यक एन्टीबडीको घनत्व बढाउने (जुन पृथ्वीमा निकै कठिन काम हो) र त्यो घनत्व बढी भएको एन्टीबडीलाई केही सेकेन्डभित्रै शरीरमा प्रवेश गराउने प्रक्रिया सरल बनाउन सके घरैमा क्यान्सर रोगीहरूको उपचार हुने उनको मान्यता छ।

शून्य गुरुत्व भएको ठाउँमा एन्टीबडीको घनत्व बढाउन सकिने उनको राय छ। घनत्वमा हुने तलमाथिका कारण पछिल्लो समय क्यान्सर उपचार सोचेजस्तो सफल हुन सकिरहेको छैन।

शून्य गुरुत्वमा हरेक पटक उत्ति नै र उसरी नै एन्टीबडी बनाउने र त्यसलाई रोगीमा प्रयोग गर्न सक्ने हो भने यसले सकारात्मक परिणाम ल्याउने उनको सोचमाथि युरोपेली अन्तरिक्ष केन्द्र र बेलायत सरकारले विश्वास गरेको हो।

यदि उनी यसमा सफल भइन् भने क्यान्सरमा मात्र होइन अल्जाइमर्स, ओस्टियोपोरोसिस, माइग्रेन लगायतका रोगमा पनि फलदायी हुने आशा गरिएको छ। यसमाथिको पहिलो प्रयोग २०२५ मा हुनेछ र त्यो सफल भयो भने संसारभरका रोगीका लागि ठूलो राहत हुनेछ। उनले यस कार्यका लागि कुनै कामदार नचाहिने गरी अन्तरिक्षमा कारखाना खोल्ने बताएकी छन्।

किङको यो योजना सफल भयो भने भविष्यमा अन्तरिक्ष वैज्ञानिकले अध्ययनका लागि ओखती विज्ञान पनि थप्नुपर्ने द टाइम्स पत्रिकाको टिप्पणी छ।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २१ माघ २०८० ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App